काठमाडौ । वर्षा र हिमपात भए सगै चिसो बढेको छ ।
यसै क्रममा आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारभन्दा अझ तल झरेको छ।
मौस पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ। हिजो ६.४ डिग्री सेल्सियस थियो।
त्यसो त अहिले बिहान ८:४५ बजे देशभरको आधिकारिक न्यूनतम तापक्रम सार्वजनिक गरिने बेला काठमाडौँको न्यूनतम तापक्रम पनि अपडेट हुनेछ। त्यसबेला अरू घट्ने सम्भावना रहन्छ भने यत्ति नै पनि रहन सक्छ।
यो वर्ष (२०८१) लागेयता काठमाडौँको न्यूनतम तापक्रम सबैभन्दा तल झरेको यही ५.६ डिग्री सेल्सियस हो। सो तापक्रम यसअघि यही मंसिर १९ गते पनि रेकर्ड भएको थियो।
काठमाडौँमा यस वर्षको पहिलो हिउँदे वर्षा
हिउँद (विन्टर) लागेयता काठमाडौँमा सोमबार पहिलोपटक छिटपुट वर्षा भएको थियो। मौसमविद् मानन्धरका अनुसार आज भने काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छैन।
‘मौसम आंशिक बदली (थोरै बादल) देखि मुख्यतया सफा नै रहने सम्भावना छ’, उनले भनिन्।






