धादिङ । रुवीभ्याली आधारभूत अस्पतालमा १ जना एम.बी.बी.एस डाक्टर (मेडिकल अधिकृत आठौ तह) छनोट भएको छ । सोमबार भएको परिक्षा बाट छनोट हुन सफल डा. नितेस यादव भोलि देखि नियुक्त हुने रुबीभ्याली स्वास्थ शाखा प्रमुख राज बहादुर तामाङले जानकारी दिनु भयो ।
भौगोलिक रुपमा बिकट तथा जिल्ला सदरमुकाम बाट टाढा रहेको गाउँपालिका गुणस्तरीय स्वास्थ्य सेवा बात बन्चित रहेको छ । उक्त डाक्टर नियुक्त भए सगै थप सेवा प्राप्त भै स्थानीयलाई धेरै सहज हुने बिस्वास गरिएको छ ।