धादिङ । धादिङ जिल्लाको रुबीभ्याली ३ मा गत राती अज्ञात समूहले थाप सिंगला सडक निर्माणका लागि ल्याइएको ११ सय लिटर डिजेल भएको ड्रममा तोडफोड तथा गरि नष्ट गरिएको छ ।
सम्बन्धित निकायले छिटोभन्दा छिटो घटनाको अनुसन्धान गरि दोषीलाई पक्राउ गरेर कडा कारबाही गर्नुपर्ने माग गरिएको छ। स्थानीय युवा नेता तेम्बा तामाङले घटनाको गम्भीरता र यसका कारण निर्माण कार्य ढिलो हुने तथा डिजेल नष्ट भए सगै उक्त सडक बिस्तार कार्य मार्फत घाटा हुन सक्ने बताउनु भयो ।