रीको समृद्धिमा विदेशी अभियान्ताको उल्लेखनीय योगदान: भगवान जस्तै ठान्छन् स्थानीय

धादिङ । गंगाजमुना गाउँपालिका अन्तर्गत साबिकको रि गाबिसहरुमा पर्ने विभिन्न गाउँहरुमा रहेका स्थानीय तामाङ समुदायको जीवनस्तर उकास्न अस्ट्रेलियन सामाजिक अभियान्ताले पुर्‍याएको योगदान उदाहरणीय रहेको छ। शिक्षा, स्वास्थ्य, हाइड्रो लगायत सामाजिक सेवामा उहाँले पुर्‍याएको निःस्वार्थ सेवाले स्थानीय जनताको मन जित्न सफल भएको छ।

चन्द्र तामाङको गाउँघरप्रतिको माया र समर्पणले ती विदेशी अभियान्तालाई री र तवाल पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको हो । उहाँको सहयोगबाट सुरु भएका विकासका गतिविधिहरूले यी गाउँहरूका बिकासको मुल धार बाट पछाडि परेका तामाङ समुदायहरुमा नयाँ ऊर्जा थपेको छ। स्थानीय जनताहरुले उहाँलाई फूलको गुच्छाले स्वागत गर्दै उहाँलाई भगवान सरह सम्मान गरेका छन्।

समाजको समृद्धि र विकासमा उहाँको भूमिका उत्तरी धादिङका लागि प्रेरणा दायक बनेको छ। उहाँको प्रयासले शिक्षा देखि स्वास्थ्य सम्म स्थानीय जनतालाई लाभान्वित गर्दै प्रगति पथमा अघि बढाएको छ। समाजका लागि योगदान पुर्‍याउने उहाँको यो योगदान सधैं सम्झन लायक रहनेछ।

प्रदिप तामाङ / पर्यटन ब्यबसायी