दोस्रो सल्यानटार कृषि मेला आज देखि सुरु

धादिङ । त्रिपूरा सुन्दरी गाउँपालिका २ स्थित सल्यानटारमा आज देखि दोश्रो दोस्रो सल्यानटार कृषि मेला सुरु भएको छ ।

स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुुर्याऔंं भन्ने मूल मर्मका साथ त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो ।
स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुग्ने महोत्सव आयोजक संस्था हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेश श्रेष्ठले बताए ।

‘सल्यानटार पर्यटकिय, धार्मिक तथा ऐतिहासिक तवरले मात्र प्रख्यात नभई कृषि जन्य उत्पादनको पनि प्रवल सम्भावना रहेको क्षेत्र हो’ उनले भने– ‘सल्यानटारको मास र घैयाको धान नेपालमै प्रसिद्ध रहेको छ । पिडालु, भटमास, लिचि, केरा, आँप लगायत यस्ता थुप्रै कृषिजन्य उत्पादनको सम्भावना रहेको क्षेत्र हो । सिंचाईको व्यवस्थासँगै किसानले उचित मूल्य पाउने गरि बजारीकरण मात्रै पनि सल्यानटारबासीको जीवन फेरिनेछ ।’

मंसिर ५ गतेदेखि सुरु भएको महोत्सव मंसिर १५ गतेसम्म चल्नेछ । महोत्सवमा करिव एक लाख जनाले महोत्सवको अवलोकन गर्ने अनुमान रहेको अध्यक्ष श्रेष्ठले बताए ।