नीलकण्ठ ८ अमेरुवामा ट्रक र स्कुटर ठोक्किदा तीन जना घाइते: एकको अवस्था जटिल

धादिङ । नीलकण्ठ नगरपालिका–८ अमेरुवामा सौराज ट्रक र स्कुटर ठोक्किदा तीन जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट सल्यानटारतर्फ जादै गरेको बा ४ ख २७५९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०६–००१–६८४६ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा एक जना गम्भिर सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रल्हाद सिलवाले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाइते भएकी नीलकण्ठ नगरपालिका–९ बस्ने करिव २२ वर्षिया गायत्री लम्सालको अवस्था गम्भिर रहेको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताउनुभयो । नीलकण्ठ–३ बस्ने ३४ वर्षिय हरि खनालको टाउकोमा चोट र चितवन माडी–९ का कृष्ण प्रजाको टाउकोमा चोट तथा दाहिने खुट्टामा चोट लागेको उहाँले बताउनु भयो । धादिङ अस्पतालमा उपचार पछि गायत्री लम्साल र हरि खनाललाई थप उपचारका लागि एक जना डाक्टरसहित काठमाडौ पठाइएको छ ।

सौराज चालक चन्द्रमान शाक्य प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइ रहेको  उहाँले बताउनु भयो ।