गोरखाबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि बेपत्ता

गोरखा । गोरखाको लापुबेसीबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन रहेको छ। लापुबेसीबाट शुक्रबार बिहान ७ बजे काठमाडौको हिंडेको बस सम्पर्कविहीन भएको हो।

 
ना ४ ख२२७० नम्बरको बस बस राती १० बजे खानी खोला हुँदासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कमा नभएको डिएसपी रमेश श्रेष्ठले जानकारी दिएका छन्। 

बसमा कति यात्रु कति थिए भन्ने एकिन विवरण नभएको उनले बताए। अहिले प्रहरी तथा यातायात व्यवसायी मिलेर खोजी कार्य भइरहेको छ।