बेनिघाट रोराङ १० मा पहिरोले २ घर उच्च जोखिममा: पहिरोले पुरिदा १ गाइको मृत्यु

धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित लैतक गाउँमा पहिरो खस्दा २ घरमा क्षती पुगेको छ ।

तिन दिन देखिको लगातार बर्षाको कारण लैतक गाउँमा पहिरोले गोठ बगाउँदा एउटा दुध दिदै गरेको गाइको मृत्यु भएको छ भने पहिरोले पुरिएको एउटा भैंसीको उद्वार गरिएको छ ।

उक्त गाउँका कृष्ण चेपाङ र अर्जुन चेपाङको घर पुर्ण रूपमा जोखिम भएको सोहि वडाका अध्यक्ष बिकास प्रजाले बताउनुभयो ।