काठमाडौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का केन्द्रीय सचिव जीवन शर्माले केन्द्रीय उप-महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले संगठनलाई विधि युक्त, कृयाशील, पारदर्शी, प्रविधि मैत्री बनाउदै समाजवादी शिक्षामा हिडाउनका निम्ति आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
उनले विशेष गरि संगठनमा विधि लागु गर्न गराउन,
विद्यार्थी आन्दोलनलाई सशक्त एवम् उत्तरदाहि बनाउन,
विद्यार्थीहरूलाई प्राविधिक शिक्षा सहित रोजगारी र अवसरमा जोड्न, संगठनलाई नवीनतम् जीवन दिदै प्रविधियुक्त बनाउन, आर्थिक पारदर्शिता सहित
संगठनलाई उर्जावान र दिगो बनाउदै समाजवादी शिक्षा दिनका लागि नै मेरो उम्मेदवार रहने बताएका छन् ।
उनि लामो समय देखि विद्यार्थी आन्दोलनमा कृयाशील छन् ।