प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो।

भेटवार्तमा के कुराकानी भयो भन्ने खुलाइएको छैन।

शनिबार न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले १० गत महासभालाई सम्बोधन गर्नेछन्। 

त्यसअघि विभिन्न साइडलान कार्यक्रमहरूमा सहभागी हुनेछन्। 

आइतबार नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई सम्बोधन गर्नेछन्। यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन्।

भ्रमणकै क्रममा हार्वड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्य: सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।