राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बात सम्मानित न्यु किबोका प्रिन्सिपल प्रयास रेग्मीलाई बधाई ज्ञापन

धादिङ । नीलकण्ठ ३ पुछार बजार स्थित, न्यु किबो बोर्डिङ्ग स्कुल प्रा. लि.का संचालक समितिका सदस्य तथा विद्यालय प्रिन्सिपल प्रयास रेग्मी नेपाल सरकार शिक्षा तथा बिज्ञान प्रविधि मन्त्रालय द्वारा राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बात सम्मानित हुनु भएकोमा विद्यालय सन्चालक परिवार द्वारा सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।

सम्मान पत्रमा भनिएको छ , शिक्षा क्षेत्र प्रति यहाले देखाउनु भएको अथक अटुट समर्पण, इमान्दारिता र उत्कृस्ट नेतृत्व क्षमताले विद्याहरुको उज्वल भबिस्य निर्माणमा महत्वपुर्ण भूमिका खेलेको छ । यहाको अथक मिहिनेत लगाब र प्रतिबद्ता हाम्रा लागि सधै प्रेरणाको स्रोत बन्नेछ ।
भबिस्यमा पनि शिक्षा क्षेत्रमा अझ ठुलो योगदान दिनु हुनेछ भन्ने हाम्रो दृढ बिस्वास छ । शिक्षा क्षेत्रको उन्नति र प्रगतिको मार्गमा सफलताको शिखर चुम्न सकोस भन्ने शुभकामा प्रकट गरिएको छ ।