रुबीभ्याली जाने सडक मर्मत कार्य सुरु, लब्दुङ देखि लिस्ने खोला सम्म सफा गरिदै

धादिङ । रुबीभ्याली गाउपालिका अन्तर्गत वडा न १ लब्दुङ देखि खनियाबास गाउपालिका र रुबीभ्याली गाउपालिका जोड्ने लिस्ने खोला सम्मको सडक मर्मत कार्य सुरु भएको छ ।

बर्षा लागे सगै बाढी पहिरोले क्षति पुर्याएको सडक, नजिकिदै गरेको चाडपर्बहरु लक्षित गरि दशैँ तिहारमा स्थानीयहरु, सहजै घर गाउ जान सकोस भन्ने उदेश्यले छिट्टै सडक निर्माण कार्यको थालनी गरिएको गाउपालिका अध्यक्ष रामसिंह तामाङले होराईजना खबर बताउनु भयो ।

लब्दुङ देखि लिस्ने खोला सम्मको सडकको मर्मत कार्य करिब १ हप्ता भित्रमा सक्ने लक्ष्यका साथ कार्य भैरहेको छ । हाल नुवाकोट रसुवा देखि पाङसाङ पास हुदै, लब्दुङ सम्म स्वराज मिनिट्रकहरु सहजै आउने गरिएको र सानो गाडीहरु सहजै ल्याउन मिल्ने गरि तल्लो भेगको सडक निर्माण भै सके पछी मर्मत गरिने गाउँ प्रहरी सिमोन तामाङले होराईजन खबरलाई बताउनु भयो ।