अखिल क्रान्तिकारी खनियाबस गाउँपालिकाको दोस्रो भेला सम्पन्न: अध्यक्षमा सोमती तामाङ

धादिङ । अखिल क्रान्तिकारी खनियाबस गाउँपालिकाको दोस्रो भेला सोमबार सम्पन्न भएको छ । सोमती (सोनि) तामाङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको चयन गरिएको हो ।

नब गठित कार्यसमितिहरुमा अध्यक्ष सोमती तामाङ, प्रथम उपाध्यक्ष छिरिङ तामाङ, दोस्रो उपाध्यक्ष पासाङ तामाङ, सचिवमा कमल तामाङ, प्रथम सह सचिव प्रशान्त तामाङ, दोस्रो सहसचिव कल्पना तामाङ, त्यस्तै कोषाध्यक्षमा अस्मिता तामाङ सहित २५ सदस्यीय कार्यसमितिको गठन गरिएको हो ।

नेकपा माओवादी केन्द्र खनियाबास गाउँपालिका सचिव मनिल तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यमा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी हुनुहुन्थ्यो त्यस्तै विशेष अतिथिमा अखिल क्रान्तिकारी केन्द्रिय सचिब बिमल तामाङ, केन्द्रिय सदस्य गजेन्द्र गुरुङ, लगायत अतिथिहरुमा रेडियो बिहानी स्टेसन म्यानेजर नीर तामाङ, नेकपा माओवादी केन्द्र वडा न ३ का इन्चार्ज मदत तामाङ लगायत हुनुहुन्थ्यो । उक्त कार्यक्रमको संचालन सन्दीप स्याम्चेन तामाङले गरिएको थियो ।