अखिल क्रान्तिकारी गजुरी गाउँपालिकाको अध्यक्षमा सुमन लोप्चन तामाङ चयन

धादिङबेशी । अखिल (क्रान्तिकारी) गजुरी गाउँपालिकाको अध्यक्षमा सुमन लोप्चन तामाङ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो सम्मेलनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

सम्मेलनले तामाङको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा रश्मी तामाङ, बिशाल रुपाखेती, शेर बहादुर बिक, प्रमिला अधिकारी, सचिवमा शिव पाण्डे, सह–सचिवमा बिश्वास बिक, अनुष्का तामाङ, सन्देश खड्का, वसन्त अधिकारी र कोषाध्यक्षमा मिलना अधिकारी रहेका छन् ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र गजुरीका ईन्चार्ज धुव सुवेदीको प्रमुख आतिथ्यता रहेकोे थियो भने विशेष आतिथ्यतामा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एब जिल्ला इन्चार्ज उपेन्द्र जमकट्टेल हुनुहुन्थ्यो ।