विद्यालय गएका धादिङका तिन बालीकाहरु बुधबार देखी बेपत्ता

धादिङ । नीकलण्ठ बाल मन्दिर माध्यामीक विद्यालय धादिङमा अध्यानरत तिन बालिका मंगलबार देखी सम्पर्क विहिन भएका छन् । कक्षा नौ अध्यानरत तिन बालकिाहरु हिजो विहान दश बजे विद्यालय आएकी र त्यसपछी घर नआए पछी उनका अभिभावकहरुले खोजी गरेको हो ।

तिनै बालीकाहरुलाई खोजी गरिदिनका लागी उनिहरुका अभिाभावक आज जिल्ला प्रहरी कार्यालय धादिङमा आए पछी प्रहरीको समेत सक्रियतामा उनिहरुको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले बताउनु भएको छ ।

सम्पर्क विहिन बालीकाहरु मध्य तिनै जना कक्षा नौमा अध्यानरत १४ वर्षीय रोशनी विक,शुसिला तामाङ्ग र अस्मिता गुरुङ्ग रहेको उनिहरका अभिाभावकले बताएका छन् । बेपत्ता बालीकाहरु तिनै जना नीलकण्ठ नगरपालीका स्थित वडा नम्वर ३ मा आफ्नै परिवारसंग बस्दै आएका हुन् ।
स्रोत : बिकासपोस्ट