गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा घाईते भएका रुबीभ्यालीका निर्माग तामाङको मृत्यु

धादिङ । धादिङको‍ गजुरी ५ मा रुख ढलेर माईक्रोबस च्यापिँदा घाईते भएका एक जनाको मृत्यु भएको छ ।

उपचाररत रुविभ्याली गाउँपालिका वडा नम्बर १ बस्ने ७२ बर्षिया निर्माग तामाङको मृत्यु भएको हो । सोमबार बिहान धादिङबाट काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१ -००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा निर्माग तामाङ घाईते हुनुभएको थियो ।

उहाँको उपचारको क्रममा बीर अस्पतालमा मृन्यु भएको हो । साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात् डिस्चार्ज भईसकेका छन् ।