खनियाबासको बृचेत देखि कुरि सम्मको सडक मर्मत: सवारी साधन संचालनमा केहि सहज हुने

धादिङ । खनियाबास गाउँपालिका ३ को बृचेत देखि कुरि सम्मको सडक खण्डको दुई स्थानमा केही दिन अगाडि बर्षाको कारणले सडकको छेउ भासिएर यातायात संचालन गर्न अत्यन्तै जोखिम भएको थियो ।

उक्त जोखिम भएको दुई स्थानमा गाउँपालिकाबाट ग्याबिङ जाली उपलब्ध गराई सोही वडा न. ३ को बिबिध शिर्षकको रकमबाट ज्यालादारिमा कामदार लगाइ सडक मर्मत कार्य गरि यातायात संचालन गरिएको वडा अध्यक्ष कमानसिङ तामाङले जानकारी दिनु भयो ।