आम्दानी बढेसँगै मेटाले कमायो १३.५ अर्ब डलर नाफा

एजेन्सी । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले आश्चर्यजनक रुपमा नाफा गरेको छ । 

खर्च कटौतिका कदम तथा डिजिटल विज्ञापन व्यवसायमा भएको सुधारसँगै कम्पनीको आम्दानी तथा मुनाफामा  वृद्धि भएको हो ।

उसको फेसबुक र इन्स्टाग्राममा विज्ञापन बढेसँगै कम्पनीको आम्दानीमा वृद्धि भएको हो ।वित्त वर्ष २०२४ अप्रिलदेखि जुनसम्ममा कम्पनीले ती प्लेटफर्ममा विज्ञापनबापत ३९ अर्ब डलर आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो।

कम्पनीले फेसबुक र इन्स्टाग्राममा विज्ञापनबापत शुल्क लिने गरेको छ। आम्दानीसँगै कम्पनीको नाफा पनि बढेको छ। सो अवधिमा कम्पनीले १३.५ अर्ब डलर नाफा आर्जन गरेको बीबीसी ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

कम्पनीले अहिले आर्टिफिसियल इन्टेलिजेन्स( एआई) मा ठूलो लगानी गरिरहेको छ। आफ्नो अर्बौ डलर लगानीको मेटाभर्स परियोजनालाई भने उच्च प्राथमिकतामा राखेको छ ।बुधवार मात्रै कम्पनीका संस्थापक र प्रमुख कार्यकारी मार्क जुकरबर्गले जुकरबर्गले मेटा कम्पनीको पछिल्लो वित्तीय प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।

यसका साथै उनले मेटाले एआईका साथै अग्मेन्टेड र भर्चुअल रियालिटी उत्पादनहरू जस्तै यसको हेडसेटहरूमा ठूलो मात्रामा खर्च गरिरहेको बताएका थिए ।

हाल कर्मचारी कटौती गरेपछि कम्पनीको विश्वव्यापी कार्यबल ७० हजार ७९९ रहेको छ जवकि सन् २०२२ सम्ममा ८७ हजार कर्मचारी कार्यरत थिए । बीबीसी