आज दिउँसो र राति यी स्थानहरुमा भारी वर्षाको हुने अनुमान

काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले  हल्कादेखि मध्यम वर्षा भैरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा भारी वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  

राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला बिहीबार र शुक्रबारको मौसम?
२०८१ साउन १७ गते बिहीबार

दिउँसोː देशभर साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ साउन १८ गते शुक्रबार

दिउँसोː देशभर साधारणतया बदली रहने छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा  मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र कर्णाली  प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतया बदली रहने छ। कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस, बागमती  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एकदुई  स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि  सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।