धादिङ जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा पुनः प्रताप तामाङ नियुक्त

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षको प्रताप तामाङ नियुक्त भएको छ । दुई कार्यकाल सफलताका साथ पुरा गरेका प्रताप तामाङलाई तेश्रो कार्यकालका लागि बागमती प्रदेशले धादिङको अध्यक्षमा पुन: नियुक्त गरेको छ ।

विगत साढे ३ महिनादेखि १३ जिल्लाका जिल्ला खेलकुद विकास समिति अध्यक्ष खाली छन् तर बागमती प्रदेशले अहिले मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको हो । बाँकी जिल्लाका अध्यक्षहरु अर्को सरकार बनेपछि नियुक्त हुने बताईएको छ ।