‘प्रथम रुबीभ्याली गाउँपालिका अध्यक्ष कप’ दशैको अवसरमा लापामा हुने

धादिङ । रुबीभ्याली ५ लापामा हिन्दु धर्मावलम्बीहरुको महान चाड बिजय दशमीको पावन अवसरमा वडा स्तरीय “प्रथम रुबीभ्याली गाउँपालिका अध्यक्ष कप” हुने भएको छ ।

रुबीभ्याली शहीद स्मृति प्रतिस्ठानको आयोजनामा हुन लागिएको खेलमा गाउँपालिका भरिका सबै वडाका खेलाडीहरु सहभागी हुन सक्ने खेलकुद संयोजक प्रयास घलेले होराइजन खबरलाई जानकारी दिनु भयो ।

साथै खेलको पुरस्कार राशि र हुने मिति छिट्टै घोषणा गरिने तामाङले बताउनु भयो ।