अविरल वर्षाले रुबीभ्याली ४ को रबा गाउँमा पहिरोले ७ घरमा क्षति: गाउँ नै उच्च जोखिममा

धादिङ । केहिदिन देखि परेको अविरल वर्षाको कारण रुबीभ्याली गाउँपालिका वडा न. ४ मा करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् ।
रुबी भ्याली गाउँपालिकाको वडा नं.४ रबा स्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि गाउँको ७ घरमा क्षति पुर्याउँनुका साथै गाउँ नै उच्च जोखिममा परेको छ ।
पहिरोबाट रबा क्षेत्रका २ दर्जन भन्दा बढी घरका जनजीवन प्रभावित भएको छ भने बारीमा लगाइएको अन्नबालीमा समेत क्षति पुर्याएको स्थानीय पहिरो पीडित अग्नि तामाङले बताउनु भयो ।

तामाङको भनाइ अनुसार “सडक ट्रयाक भासिएर ठुलो पहिरोमा परिणत भएको छ । घरबार सबै छोडेर गोठमा बास बिताइरहेका छौ ।”

मुख्य गरि दुई घरका पहिरो पीडितहरुलाई तत्काल सुरक्षीत बासस्थान, लत्ताकपडा र खाद्यान्न लगायतको राहत सामाग्रीहरुको अति आवस्यक रहेको छ । त्यस्तै अन्य गाउँका सबै स्थानीयहरुलाई तुरुन्तै सुरक्षीत स्थानमा स्थान्तरण गरि भबिस्यमा हुन सक्ने जोखिम बाट बचाउन गाउँपालिका तथा वडा सरकार समक्ष स्थानीयहरुको माग रहेको छ ।