धादिङ बेसिमा ब्यबसाय दर्ता, नवीकरण तथा ब्यबसाय संचालन सम्बन्धि २ दिने तालिम सम्पन्न

धादिङ । धादिङ उद्योग वाणिज्य संघको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङबेसीमा २ दिने तालिम सम्पन्न भएको हो ।

तालिममा ७० जना उद्यमी, व्यावसायि तथा नयाँ ब्यबसाय गर्न चाहने ब्यक्तिहरु सहभागी भएका थिए । पहिलो दिन C.A. कृष्णहरि बुढाथोकी द्वारा कर, भ्याट,प्यान, लेखा, अडित लगायतको बिषय बस्तुहरुमा सहजीकरण गरिएको थियो भने दोश्रो दिन उद्योग तथा बाणिज्य कार्यालय धादिङका प्रमुख लेखराज गौतम द्वारा ब्यबसाय दर्ता, नवीकरण तथा ब्यबसाय संचालन सम्बन्धि बिषयहरुमा सहजीकरण गर्नु भएको थियो ।

शनिबार देखि सुरु भएको तालिमको उद्घाटन समारोहको प्रमुख आतिथ्य नीलकण्ठ नगरपालिका उप मेयर दिपक बिस्वकर्मा एबं उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष बिष्णु प्रसाद थपलियाको अध्यक्षता रहेको थियो त्यस्तै समापन समारोहमा नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ‎सुबेदीको प्रमुख आतिथ्य एबं उद्योग बाणिज्य संघ धादिङका बरिस्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा रहेको थियो ।

तालिममा सहभागी भावना भट्टराईले तालिममा सहभागी हुनु भन्दा अगाडि जुन अपेक्षा लिएर ब्यबसाय सम्बन्धि ज्ञान लिन आएको थिए ती कुराहरु सिक्न पाएकोले ब्यबसाय गर्न थप सहज हुने बताइन् । त्यस्तै प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ‎सुबेदीले यो तालिम ब्यबसाय संचालन गर्न चाहनेहरुको निम्ति अत्यन्तै महत्त्वपूर्ण रहेको र आगामी दिनहरुमा नगरपालिका अन्तर्गत ब्यबसाय सम्बन्धि ज्ञान् प्रदान गर्ने यस्ता तालिम पनि संचालन गर्ने बताउनु भयो ।