नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत: घनश्याम भुसाल ‘ब्याक’

काठमाडौं । अध्यक्षमा दाबी गरिरहेका महासचिव घनश्याम भुसाल ब्याक भएपछि नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निश्चित भएको छ। 
भुसाललाई उपाध्यक्ष या महासचिव पद दिने तयारी भएको छ। कमलादीको रोयल सिंगे होटलमा नेताहरूबीच २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्यहरू पनि सर्वसम्मत बनाउनका लागि छलफल जारी रहेको बताइएको थियो। 
नेकपा एकीकृत समाजवादीले यसलाई दशौं महाधिवेशन मानेको छ। महाधिवेशनको सुरु हुँदा अध्यक्षमा सम्मानित नेता झलनाथ खनाल पनि प्रतिस्पर्धामा थिए। 
उच्च स्रोतका अनुसार भुसाललाई अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछिको बरियतामा राख्ने विषयमा पनि सहमति भएको छ।