रुबीभ्याली गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न: विविध बिषयहरुमा प्रश्न तथा जवाफ

धादिङ । रुबीभ्याली गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार रुबीभ्याली ३ सेर्तुङमा सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षा, स्वास्थ, सडक, हाइड्रोपावर लगायतका विविध बिषय बस्तुहरुमा स्थानीय सरोकार ब्यक्तिहरुले प्रश्नहरु तथा जिज्ञासा्हरु प्रस्तुत गरिएको थियो । त्यस्तै ती सवालहरुको जवाफ वडा अध्यक्षहरु, प्रशासकीय अधिकृत एबं गाउँपालिका अध्यक्ष रामसिह तामाङले दिनु भएको थियो ।

रुबीभ्याली गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरु, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीवी तथा सरोकार ब्यक्तिहरुको सहभागितामा बुधबार पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।