नीलकण्ठ नगरपालिका विकास पत्रकारिता पुरस्कार बाट पत्रकार सिलवाल नगद सहित पुरस्कृत

धादिङ । नीलकण्ठ नगरपालिकाको विकास पत्रकारिता पुरस्कारबाट पत्रकार नारायण सिलवाल पुरस्कृत हुनुभएको छ ।

नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको अवसरमा धादिङपोष्ट डटकमका प्रधानसम्पादक नारायण सिलवाल पुरस्कृत हुनुभएको हो । पत्रकार सिलवालले सम्मान पत्रको साथमा नगद २० हजार ८१ रुपैयाँ नगद प्राप्त गर्नुभएको छ ।

नगरपालिकाले यस आर्थिक वर्षदेखि नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार प्रदान गर्न सुरु गरेको हो । यस्तै शनिबार सम्पन्न नगरसभाले हरेक वडाबाट कम्तिमा २ जनालाई पत्रकारित तालिम दिई स्थानिय पत्रकारिताको गुणस्तर वृद्धि गर्न पत्रकार महासंघ सँग सहकार्य गरिने जनाएको छ ।

साथै नेपाल पत्रकार महासंघ संगको सहकार्यमा हरेक वर्ष एक जनालाई नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार वितरण गर्ने जनाएको छ ।