अखिल क्रान्तिकारी रुबीभ्यालीले शिक्षा क्षेत्रको बेतिथि हटाउन ध्यानाकर्षण पत्र पेश

धादिङ । रुबीभ्याली गाउँपालिकाको बर्तमन शिक्षा क्षेत्रको कमि कमजोरी तथा केही बेतिथिहरुको तत्काल सुधारको माग गर्दै गाउँपालिका अध्यक्ष रामसिंह तामाङ समक्ष ध्यानाकर्षण पत्र पेस गरेको छ।

पत्रमा उल्लेख अनुसार, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शिक्षा नीति अनुसार माध्यमिक तह सम्म पुर्ण रुपमा निशुल्क भनिए पनि शुल्क उठाइ रहेको छ । जस्तै विद्यार्थी भर्ना शुल्क, विद्यार्थी परिक्षा शुल्क , कक्षा ११ र १२ मा मासिक शुल्क समेत लिएकोले, उल्लेखित सबै बिषयमाहरुलाई तुरुन्तै निशुल्क बनाउन ध्यानाकर्षण गरिएको पत्रमा उल्लेख छ । अन्यथा अखिल क्रान्तिकारी आन्दोलनमा जान बाध्य समेत हुने भनिएको छ।