नेकपा माओवादी केन्द्र रुबीभ्यालीको छैठौं पुर्ण बैठक सम्पन्न

धादिङ । नेकपा माओवादी केन्द्र रुबीभ्याली गाउँ पालिका समितीको छैठौं पुर्ण बैठक शुक्रबार रुबिभ्याली गाउँपालिका वडा न. ४ बोराङ स्थित बतासे डाडामा सप्पन्न भएको छ ।
बैठक माओवादी केन्द्र अध्यक्ष कर्मलामा तामाङको अध्यक्षता, केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज पुष्प बिक्रम मल्लाको प्रमुख आतिथ्यतामा, जिल्ला समन्वय समिती संयोजक मनराज भण्डारीको बिशेष आतिथ्य र बागमती प्रदेश समिती सदस्य तथा पालिका इन्चार्ज मिम्बा तामाङ र बागमती प्रदेश सदस्य तथा रुबीभ्याली निर्वाचित अध्यक्ष रामसिङ तामाङको आतिथ्यतामा भएको थियो ।

बैठकले पार्टी संगठन बिस्तार गर्ने, सबै वडा/टोलहरुमा कमिटी बैठक तथा प्रशिक्षणहरु सन्चालन गर्ने, जन वर्गीय संगठन र मोर्चाहरुको बैठक गर्ने लगायतका निर्णयहरु गरिएको रुबीभ्याली इन्चार्ज मिम्बा तामाङले बताउनु भयो । बैठकले प्रदेश सदस्य, जिल्ला समन्वय समिती सदस्य र पालिका पदाधिकारीहरुलाई वडाहरुमा अभियान सन्चालनका लागि जिम्मेवार समेत तोकिएको छ ।