न्यु किबो बोर्डिङ स्कुलले शुक्रबारलाई विशेष बनाइ ‘बुक फ्री फ्राइडे’को रुपमा मनायो

धादिङ । बिगतको हप्तामा झै यो हप्ताको शुक्रबार पनि न्यु किबो बोर्डिङ स्कुलले विभिन्न अतिरिक्त क्रीयाकलाप गर्दै शुक्रबारलाई विशेष बनाइ बुक फ्री फ्राइडे मनाएको छ ।

अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार प्री प्राइमरी तह अन्तर्गत Blue कलर सङ सम्बन्धित थिममा रहेर ‘Blue Colour Day’ मनाए भने कक्षा १ र २ का विद्यार्थी भाइबहिनिहरुले आफैले घरबाट कागती र चिनी ल्याई ‘लेमन जुस’ तयार गरि एकअर्कालाई पिउन दिएर शुक्रबार मनाएका छन ।

त्यसै गरि कक्षा ३ देखि ५ सम्मका विधार्थी भाइबहिनिहरुले नेपाली र अङ्ग्रेजी दुबै न्युज पेपेर पढेर रिडिङ स्किल बिकास गर्दै शुक्रबारलाई सम्झन लायक बनाए भने कक्षा ६ देखी ९ सम्मका विधार्थी भाइबहिनिहरुले आफ्नै घरबाट विभिन्न तरकारीका बेर्ना र बीउ ल्याई तरकारी खेती गरि बुक फ्री फ्राइडे मनाएको जानकारी दिनु भयो!

प्रीन्सिपल प्रयास रेग्मीले हरेक हप्ता विभिन्न कार्यक्रम गरि बालबालिकाहरुको चौतर्फी बिकासमा न्यु किबो बोर्डिङ स्कुल लागि परेको बताउनु हुन्छ ! रेग्मिको अनुसार विधार्थीहरुलाइ जीवन उपयोगी र व्यबहारीक शिक्षा प्रदान गर्नको लागि न्यु किबो स्कुल सधै अरु भन्दा एक कदम अघि रहेको पनि बताउनु भयो ।