कला/साहित्य । गाउँ-गाउँमा सिंह दरबार गएको देख्दा
कुर्ची मा बसेर सिंह जस्तै भएको देख्दा
आसेपासे लाई ठाउँमै
पुर्याएको देख्दा
मलाई नेता बन्न मन लाग्यो
मलाई भाषण गर्न आउँछ
पैशा छ प्रशासन छ शासन गर्न आउँछ
अझै,
चुनाव मा झुटा आश्वासन बाड्न आउँछ
हाम्रा जनता धेरै राम्रा मैले गफ दिएको भन्ने
थाहा हुँदा हुँदै,
मेरो बोली मा तालि बजाएको देख्दा
मलाई नेता बन्न मन लाग्यो
चुनाव जित्न घोषणा पत्र बनाउँला
मासुभात मा लागेको बजेट
एक महिना मै कमाउँला
नेता बन्छु भाडभैलो गर्छु
समाज भडाउछु,
आफै-आफैमा लडाउँछु
जनता ले नेता को लागी काटमार गरेको देख्दा
जनता लाई भेडा को नजरले हेर्न मन पराउँछु
मलाई नेता बन्न मन लाग्यो
ठेकेदार मेरो आसपास मा हुँदा
सुरक्षाकर्मी मेरो साथ मा हुँदा
जनता ले जय जयकार गर्दा
मलाई नेता बन्न मन लाग्यो ।।
✍️नितिन कुवर
अछाम साफेबगर-३
हाल: पोखरा-३, नदिपुर






