धादिङ महोत्सवको आज दोस्रो दिन: राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने

धादिङ । ९ औ धादिङ महोत्सवको आज दोस्रो दिन राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ ।
आज शिब हमाल,सरोज सिंखडा,कमेडियन राजु रुम्बा, गायिका सिता कोईराला,डान्सर सुस्मिता गिरी लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मुख्य आकर्षणका रुपमा कृषि सामाग्री प्रदर्शनी र त्रिशुलीमा र्याफ्टिङ रहेको महोत्सवमा दैनिक फरक फरक ख्यातीप्राप्त र चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।