गोरखाको ‘रामशाह चौतारा’ झल्काउने चौतारा धादिङमा पनि निर्माण गरिने

धादिङ । गोरखाको झल्को दिने गरी ‘रामशाह चौतारा’ धादिङमा बनाइने भएको छ । बुधबार गोरखा नगरपालिका गोरखा र नीलकण्ठ नगरपालिका धादिङको संयुक्त बैठकमा उक्त निर्णय गरिएको हो ।
गोरखा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापना गरेको निलकण्ठ नगरपालिकाले गोरखाको झल्को दिनेगरी रामशाह चौतारा निर्माण गर्ने भएको हो ।

‘न्याय नपाए गोरखा जानू’ भन्ने उक्ति निर्माण गर्ने राजा राम शाहले न्याय सम्पादन गर्ने रामशाह चौतारा गोरखामा पनि छ । भगिनी नगरपालिकामा रहेको सोही चौतारा जस्तै देखिने गरी रामशाह चौतारा निर्माण गर्ने निलकण्ठ नगरपालिकाले जनाएको छ ।
गोरखा नगरपालिका र निलकण्ठ नगरपालिका बीच मंगलबार सम्पन्न भएको संयुक्त कार्यपालिका वैठकले सो निर्णय गरेको हो । वैठकमा दुवै नगरपालिकाले एक अर्को पालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय भएको थियो ।
सोका लागि एक आपसमा प्राविधिक तथा आर्थिक साझेदारी गर्ने पनि निर्णय भएको थियो । सोहि निर्णय अनुसार यसवर्ष निलकण्ठ नगरपालिकाले आफनै लागतमा गोरखाको इतिहास झल्कने गरी राम शाह चौतारा निर्माण गर्ने निर्णय गरेको हो ।

सयुक्त कार्यपालिका वैठकमा विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा दुवै पालिकाको संस्थागत सुदूढीकरणको लागि गोरखा न.पा. र निलकण्ठ न.पाको प्राविधिक तथा आर्थिक सहयोगको आदानप्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै दुवै नगरपालिकाका जनप्रतिनिधिहरुको फोटो समेत दुवै पालिकाको कार्यकक्षमा राख्ने निर्णय वैठकले गरेको छ । भगिनी सम्बन्ध जोडेका यी दुई पालिकाले आ–आफनो असल अभ्यासहरु आदानप्रदान गर्दै आएका छन् । कार्यक्रममा दुवै जिल्लाका प्रमुख प्रसासकीय अधिकृत, नगर प्रमुख,नगर उपप्रमुख लगायत सम्पुर्ण वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here