अन्धकारमा रहेकोे ५ गाउँलाई उज्यालो बनाउने धादिङका राम तामाङ: जीवन र मृत्यु सगं लर्डै

धादिङ । अझै केन्द्रिय प्रसारण लाइन नपुगेको रुबीभ्याली ५ र ६ का ५ गाउँलाई उज्यालो बनाउन भुम्ला लघु जलविद्युत मार्फत बर्षौ लगाएर दिनरात नभनी विभिन्न समस्याहरु अभावहरु झेलेर ५ बर्ष भन्दा लामो समय निरन्तर लाग्नु भै उज्यालो बनाउन महत्त्वपूर्ण भुमिका खेल्न हुने रुबीभ्याली ५ कपुर गाउँका राम बहादुर तामाङ जिबन र मृत्यु संग लर्डै हुनुहुन्छ ।

टुकि बत्ती र सोलारमा कष्टकर जीवन यापन बिताइरहेका रुबीभ्याली ५ र ६ का ५ गाउँहरु कपुर गाउँ, लप्चेत, कुप्चेत, तायुब र ब्राम्दाङमा भुम्ला लघु जलविद्युतको स्थापना गरि ५ बर्ष भन्दा बढी समय निरन्तर प्रयास गरि, विभिन्न समस्याहरु संग सामना गरि अन्तत बिजुली बत्ती बाल्न सफल हुनु भएको थियो ।

त्यस्तै गणेश कुण्ड बन उपभोक्ता समितिका संस्थापक अध्यक्ष, साबिक लापा गाबिसको साना किसान कृषि सहाकारी संस्थाका संस्थापक अध्यक्ष, कु कु सामुदायिक अध्यन केन्द्रका संस्थापक अध्यक्ष हुँदै नमस्ते ग्रामीण बिकास संस्था लगायत अन्य थुप्रै संघ संस्थाहरुमा आबद्ध भै सामाजिक कार्यमा निस्वार्थ योगदान पुर्याउनु भएको थियो ।

हाल तामाङ, दुबै मृगौला फेल भै जीवन र मृत्यु संग लर्डै हुनुहुन्छ । जिबनको लामो समय पैसा कमाउन भन्दा सामाजिक कार्यमा निस्वार्थ लाग्नु भएका तामाङका परिवार हाल आर्थिक अभावमा सम्पुर्ण सहयोगी मनहरु समक्ष जिबन रक्षाको निम्ति सहयोग निम्ति हार्दिक अपिल गर्नु भएको छ ।

त्यस्तै नमस्ते ग्रामीण बिकास संस्था, साना किसान संस्था लगायत थुप्रै संघ संस्थामा काम गरि समाजलाई ठुलो योगदान पुर्याउनु भएको छ ।

सहयोगको लागि
ग्लोबल आइ एम इ बैंक : 35307010001204

सम्पर्क ब्यक्ति छोरी
धन माया तामाङ 9861512620