धादिङ । नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङ र नेपाल मगर विद्यार्थी संघ धादिङले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यलय धादिङमा शुक्रबार बुझाएका छन । तामाङ विद्यार्थी घेदुङ संघका अध्यक्ष हर्क योञ्जन तामाङ र मगर विद्यार्थी संघ धादिङका अध्यक्ष सन्तोष थापा मगर लगायतको टिमले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।प्रहरीद्वारा भएको गिरफ्तारी तथा दमनसम्बन्धी नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङ र नेपाल मगर विद्यार्थी संघ धादिङले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएको हो ।
तामाङ र मगर लगायत समस्त आदिवासी जनजाति समुदायलाई नै अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने कानून व्यवसायी भगवती पाण्डे (शितल) विरुद्द श्रावण ९ गर्ने जिल्ला प्रहरी परिसर, काठमाण्डौमा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ को कसुर, मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ (१), दफा ४३ विपरितको कसुर मा जाहेरी दर्ता भई पक्राउ पूर्जीसमेत जारी भएको अवस्थामा पनि सम्बन्धित निकायले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानून बमोजिम कारवाही गर्न आनाकानी गरेको हुँदा उक्त सम्बन्धमा तत्काल कानून बमोजिम कारबाहीको माग राख्दै श्रावण १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा शान्तिपूर्ण घेराउ कार्यक्रम हुँदै गर्दा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जन भन्दा बढी आन्दोलनकारीलाई पक्राउ गरी सकेपछि प्रहरी कार्यालय भित्र अपशब्द बोल्दै जथाभावी लाठि बुट रडको प्रयोग गरी पुरुष प्रहरीद्वारा समेत महिला आन्दोलनकारी माथी चरम यातना दिई घाइते बनाएको कार्य अत्यन्तै कर तथा अमानवीय रहेकाले प्रहरी प्रशासनको उक्त रवैया प्रति घोर भत्सना गरिएको विज्ञप्तिमा उल्लेख उरिएको छ । प्लेकार्ड र व्यानरसहित शान्तिपूर्ण तरिकाले आफ्ना मागसहित उक्त दबाबमूलक आन्दोलनमा सहभागीहरुमाथी प्रहरी परिसर अगाडी अनावश्यक बल प्रयोग गरी पक्राउ गरिनु र निहत्था आन्दोलनकारीलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाइते समेत बनाइनु अत्यन्तै दुःखद र निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको संविधान प्रदत्त शान्तिपूर्ण भेला गर्न पाउने हक लगायतका मौलिक तक, तथा मानव अधिकारको न्यूनतम मूल मान्यतासमेतको बर्खिलाप हुनेगरी पक्राउ परिसके पछि प्रहरी परिसर भित्र प्रहरी प्रशासनबाट अपशब्द गालीगलौच गर्दै अमानविय ढङ्गले गरिएको कुटपिटको सत्यतथ्य छानबिन गर्न पनि सम्बन्धित पक्षलाई अनुरोध गरिएको नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङका अध्यक्ष हर्क योञ्जन तामाङ र नेपाल मगर विद्यार्थी संघ धादिङका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।
साथै अभिव्यक्ति दिने कानून व्यवसायी भगवती पाण्डे (शितला विरुद्ध दर्ता भएको उक्त मुद्दामा निस्पक्ष छानबिन तथा कारबाही संगै आगामी दिनमा जातिय सदभावमा खलल पुर्याउने खालका गतिविधिलाई नियन्त्रणका लागि जोडदार माग गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।






