धादिङ । होराइजन खवर डटकमको दोस्रो वार्षिक उत्सव तथा साधारण सभा शुक्रबार एक कार्यक्रम बीच सम्पन्न भएको छ ।
सत्य, निष्पक्ष र ताजा समाचारको संवाहक भन्ने मूल मर्मका साथ पूर्णिमा इन्कर्पाेरेट प्रा.लि. द्धारा संचालित २०७८ सालमा स्थापना भएको हो ।
होराइजन खवरका गजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित भएकाहरुले होराइजन खवरको प्रशंसा गरेका छन् । छोटो समयमै संचार जगतमा चिनारी बनाएको भन्दै सत्य, तथ्य, निष्पक्ष समाचार संप्रषणका लागि सुझाव पनि दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले होराइजन खवरले बनाएको यो उचाइ टिकाइराख्न शुभकामना र सुझाव दिनुभएको छ । ‘समाज परिवर्तन र हरेक क्षेत्रलाई सकरात्मक बाटोमा ल्याउन संचार जगतले खेल्ने भूमिका अतुलनिय छ ।’ उहाँले भन्नुभयो,– ‘ओझेलमा परेका क्षेत्र, जाति, संस्कार संस्कृति, विषयवस्तु, मुद्धाहरु धादिङका मिडियाले उठाइरहेको छ । आम नागरिकलाई संविधानले दिएको अधिकारहरु प्राप्त गर्न सहज बनेको छ । सामाजिक न्यायका लागि संचार माध्यमले खेलेको भूमिका प्रशंसनिय छ । होराइजन खवरले वार्षिक उत्सव मनाइरहदा अझ परिपक्क भएर नागरिकको हक अधिकार सुनिश्चितताको क्षेत्रमा कलम चलाउन सकोस्, शुभकामना ।’
पछिल्लो समय धादिङमा थुप्रै सञ्चार माध्यमहरु खोलिएको र टिकाउन ठूलै चुनौति रहेको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो । दिनप्रतिदिन मिडिया हाउस खुलेका छन् । उहाँले भन्नुभयो,– ‘स्वस्थ प्रतिपर्धा गरेर मिडिया हाउस टिक्न सके राम्रो हो । खुलेका सबै मिडियाहरुले श्रोत जुटाउन मुस्किल छ । धादिङमा सम्भावना र चुनौतिहरु थुप्रै छन् । पत्रकार र संचार माध्यमको हकहितका लागि काम गर्दै आएको नेपाल पत्रकार महासंघले संचार माध्यमहरुलाई टिकाउने र व्यवस्थित बनाउन लागि परेको छ ।’
‘उत्तरी धादिङको रुविभ्यालीमा नुनदेखि सुन र किरादेखि हिरासम्म पाइन्छ । प्रचार प्रसार हुन सकेको छैन ।’ रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले भन्नुभयो,– ‘संचार माध्यमले प्रचार प्रसार गरिदिए धादिङलाई चिनाउन मात्र होइन व्यवसायिक दृष्टिकोणले पनि राम्रो हुन्छ । राम्रा काममा कलम चलाउन र पालिकासँग समन्वय गर्न मेरो आग्रह छ । दुइ वर्ष पुरा हुदै गर्दा होराइजन खवरले थप भूमिका खेल्ने विश्वास लिएको छु ।’
कार्यक्रमकै विच रुवीभ्याली गाउँपालिका, रुवीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्भल तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, होराइजन खवरका प्रधान सम्पादक यूनिश तामाङ, रुवीभ्याली गाउँपालिका अध्यक्षका स्वकिय सचिव विपिन तामाङ, खनियाँवास गाउँपालिकाका उपाध्यक्षका स्वकिय सचिव सुजन तामाङलाई सम्मान गरेको हो ।






