धादिङमा आत्महत्याको घटना बढ्दै: जिल्ला प्रहरी कार्यालय

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङको पत्रकार भेटघाट तथा आ.व०७९÷०८० को बार्षिक कार्य समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले आ.व.०७९/०८० मा बिभिन्न शाखाहरुबाट सम्पादित कार्यहरु र तथ्याङक,आ.व.०७८/०७९ र आ.व.०७९/०८०मा भएका कार्यहरुको तुलनात्मक बिवरण र बिभिन्न कार्यहरुको फोटोसहितको बिबरण प्रोजेक्टरमार्फत प्रस्तुतीकरण दिनुभएको थियो । प्रस्तुतीकरणको क्रममा आ.व.०७८/०७९ मा भन्दा आ.व.०७९/०८०मा तुलनात्मक रुपमा अपराधिक घटना घटेको तर आत्महत्याका केश भने बढेको देखिएको छ ।

सो क्रममा आत्महत्याका गतिबिधि न्यूनिकरणका लागि बिभिन्न सरोकार निकाय तथा स्थानिय तहले प्रहरीसँगको साझेदारीमा बिभिन्न सचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here