रुबीभ्याली ५ र ६ मा पनि लम्पी स्किन रोग तीब्र रुपमा फैलिदै: सरोकार निकाय अनबिज्ञ

धादिङ । उत्तरी धादिङको रुबीभ्याली ५ र ६ मा पनि गाई गोरुहरुमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ ।

रुबीभ्याली ६ को खाडिङ गाउँमा २ वटा गोरु मर्नुको साथै ४०/५० भन्दा बढीमा संक्रमित भैसकेको र तीब्र रुपमा यो रोग गाई गोरुमा फैलिदै गएको स्थानीय धन बहादुर तामाङले होराईजन खबरलाई जानकारी गराउनु भयो ।

त्यस्तै रुबीभ्याली ५ मा पनि यो रोग बाट गाई बस्तु मर्नुको साथै धेरै संक्रमित भैसकेको छ ।

यद्यपि हाल सम्म उक्त संक्रमित क्षेत्रमा संबंधित निकाय गाउँपालिका लगायत वडा स्तर देखि रोगको नियन्त्रणको निम्ति कुनै प्रयास भएको देखिदैन । यदि समय मै यो रोग लाई नियन्त्रण नगर्ने हो भने यसले गाई गोरु हरु धेरै मर्नुका साथै किसानहरुलाई धेरै क्षति पुग्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here