“म्हर्की स्युरुङरुङ” स्वदेश तथा बिदेशमा भाइरल बन्दै

काठमाडौ । करिब एक महिना अगाडि मात्र छायांकन गरि सार्वजनिक गरिएको “म्हर्की श्युरुङरुङ” बोलको म्हेन्दोमाया गीत यतिखेर स्वदेश तथा बिदेशमा चर्चाको शिखरमा छ ।
यति बेला अधिकांश  टिकटक एकाउन्ट र फेसबुक भिता भरिएको पाइन्छ,हाल सम्म शेयर गरेको आधारमा हेर्ने हो भने पनि,करिब ५ हजार भन्दा बढिले यो गितमा,टिकटक भिडियो बनाइएको छ।
गाउँमा , शहरमा, सडकमा, बनजङगलमा, कोठामा , आंगनमा, गाडिमा ,स्वदेशमा, बिदेशमा बिध्यार्थी शिक्षक , बाल बच्चा, युवा युवती देखि बृद्दावस्था उमेरका समेतले यो गीतमा भिडियो बनाइएको प्रशस्त देखिन्छ ।भाइरल भएकै कारण गैर तामाङहरु क्षेत्री बाहुन, मगर- गुरुङ, राई ,नेवार ,घलेले समेत यो गीतमा टिकटक भिडियो बनाइ रहेको छ।
        म्हेन्दोमायाँ गीत सङ्गितमा आधुनिकताको बर्चस्व भैरहेका बेला,यो गीत बजारमा आए लगत्तै स्रोता दर्शकले  साच्चै नै मौलिक गीतलाइ कति मायाँ र मन पराउंदो रहेछ भन्ने ज्वलन्त उदाहरण प्रष्ट अनुभुती  गर्न सकिन्छ।
लोक तथा दोहोरी गीतका प्रखर गायिका अनि सुरिलो स्वरकी धनी मनमायाँ वाइबाले धेरै म्हेन्दोमायाँ गित गाइसके पनि यो गित नै उनको पहिलो आधिकारिक र लगानिमा रेकर्ड गरिएको गित हो।
करिब ३ बर्ष अगाडि नै अडियो रेकर्ड गरिएको म्हर्की स्युरुङरुङ गित यहि मिति २०८० जेठ १५ गते एक समाहरोहकाबिच मनमायाँ वाइबा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
दुई हप्ताको अन्तरालमा ४१ हजार भन्दा बढी दर्शकले यो गित हेरिसकेका छ्न।धादिङ र नुवाकोटको सिमानामा पर्ने टुंडी र नकुर डाँडामा छायांकन गरिएको यो भिडियोमा मर्नेन तामाङ,सिररोङ मनङ्थेन,सुरेश वाइबा, सीता पंचथेन तामाङ्ग, स्मृती दोङ तामाङ र मायाँ थोकर सहितको कलाकारहरुले परम्परागत मौलिक पहिरणमा अभिनय गर्दा साच्चै नै लोभलाग्दो र आकर्षक देखिन्छ।यो गीतलाइ राजकिङ वाइवाले निर्देशन गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here