भारतको ओडिशा रेल दुर्घटनामा मृतककाे संख्या २ सय ९४ पुग्याे

अन्तरास्ट्रिय खबर । भारतको ओडिशामा शुक्रबार राति भएको भयानक रेल दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ सय ९४ पुगेको छ । बालासोर जिल्लामा भएको याे डरलाग्दो दुर्घटनामा करिब एक हजार जना घाइते भएका छन्, केहीको अवस्था अझै गम्भीर छ ।

काेलकातादेखि चेन्नाई हिँडेको कोरोमन्डल एक्सप्रेस रेलले एक मालवाहक गाडीलाई पछाडिबाट ठक्कर दिएपछि यो दुःखदायी घटना हुन पुगेको हो । रेलवेको प्राविधिक भाषामा यस्ता घटनालाई ‘हेड अन कलिजन’ भन्ने गरिन्छ जुन बिरलै हुनगर्छ ।

यो दुर्घटनापछि कोरोमन्डल एक्सप्रेस रेलको १२ वटा डिब्बा लिक बाहिर गएको थियो । केही डिब्बा अर्को रेल लिकसम्मै पुग्यो । त्यसबेला अर्कोतर्फ बैंगलौरबाट यसवन्तपुर–हावडा एक्सप्रेस रेल आइरहेको थियो । 

त्यसपछि दुवै रेल दुर्घटनामा पर्दा यो भयानक दुर्घटना हुन पुग्यो । रेलवेको दक्षिण पूर्वी क्षेत्रको खड्गपुर डिभिजनको ब्रोड गेज नेटवर्कमा दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यस दुर्घटनाका कारण अर्को एक सानो रेल पनि दुर्घटनामा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here