धादिङ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभा बागमती मुख्यमन्त्री द्वारा उद्घाटन

धादिङ । राजनीतिक अस्थिरताका कारण नेपालको उद्योग व्यवसाय फस्टाउन नसकेको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । व्यवसाय संचालनका लागि सबैभन्दा पहिला राजनीतिक स्थिरता चाहिने उनले बताए ।
समृद्द नेपाल बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने भन्दै उनले व्यवसायीहरुको भुमिका बलियो बनाउनको लागि राज्यले नीति निर्माण गर्न आवश्यक रहेको जिकिर गरे । शनिबार धादिङबेसीमा आयोजित धादिङ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटटेलले भने–‘नेपालको विद्यामान अर्थतन्त्र केही खस्कदो अवस्थामा छ । यसलाई सुधार गर्नका लागि व्याजदर एकल विन्दुमा कायम गर्न सक्नुपर्छ । त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागिरहेको छ ।’
व्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिक रुपमा सुधार हुदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे । ‘बैंकको व्याज एक अंक भन्दा माथी जादैन । व्यवसाय चलेन भने सरकार चल्दैन । मुख्यमन्त्री जम्कट्टेलले भने–‘सरकारले व्यवसायीको समस्या छिट्टै समाधान गर्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्यांक निकालेर राज्यको आयश्रोत बढाउन नयाँ खाका बनाएर बागमती प्रदेश सरकार अघि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासंघ र बागमती सरकार मिलेर उत्पादन तथ्यांक आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए ।

सहकार्य र समन्वयको कमजोरीले आर्थिक संकट ः सांसद डिपी अर्याल
धादिङबाट निर्वाचित संघीय सांसद एवं पूर्व श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले सरकार र नीजि क्षेत्रबीच सहकार्य र समन्वयको कमजोरीले देशमा आर्थिक संकट आइपरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका अर्यालले राजनीतिक दलका नेताहरुकै इसाहारामा कुनै पनि विषयलाई अल्मल्याउने प्रवित्तिले विकास पछि परेको आरोप लगाए ।
निर्वाचित जनप्रतिनिधिहरुले विजयी भैसकेपछि पनि राजनीतिक खोल फुकाल्न नसकेकोप्रति इंगित गर्दै त्यस्ता जनप्रतिनिधिले जनप्रतिनिधिबाट राजिनामा दिएर मात्रै राजनीतिमा लाग्नुपर्ने जिकिर गरे । जिल्लाको कुनै पनि पालिकाभित्रको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाएका थिए ।
सरकार, व्यवसायी र संचार क्षेत्रबीच आउने गरेको आरोप प्रत्यारोपको बारेमा बोल्दै सांसद अर्यालले भने– ‘म पनि लामो समय उद्योग व्यवसायबाटै राजनीतिमा प्रवेश गरेको हुँ । संचार व्यवसायीको लागि अपरिहार्य हुन्छ । लाखौं खर्च गरेको विज्ञापनले भन्दा व्यवसायको बारेमा पत्रकारले अध्ययन गरेर लेखेको समाचारले ठूलो प्रभाव पार्छ । त्यसैले व्यवसायी र संचार क्षेत्रबीचको सहकार्य जरुरी छ ।’

संसद नियमित भएपछि व्यवसायीको समस्या समाधान हुन्छः सांसद रामनाथ अधिकारी
संघीय सांसद रामनाथ अधिकारीले उद्योगी व्यवसायीको निम्ति राज्यले लिएको नीति अपरिपक्क रहेकोले समस्या आइपरेको बताएका छन् । ‘यो चार महिना विना कारण समय बर्वाद भयो । मुलुक यो ढंगबाट चल्न सक्दैन । तीन महिनामा ९ दिन मात्रै संसद चल्यो । बाकी दिन यसै बित्यो । ६ गतेबाट नियमित संसद चल्नेछ । र व्यसवायीले अहिले खेपिरहेका समस्या समाधान हुनेछ’, उनले भने ।
त्यस्तै नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले भोट हाल्नकै लागि रातारात सदस्य दिने र बनाउने प्रवित्तिले धादिङ उद्योग वाणिज्य संघ कमजोर बन्दै गरेको संकेत गरे ।
नेपाली कांग्रेसका नेता एवं ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का पुर्व अध्यक्ष रमेश धमलाले बैंकरसहरु आफै उद्योगपति बन्ने प्रवित्ती बढेकोले उद्योगीहरु संकटमा परेको बताए । नीति र बोलिमा मात्रै परिवर्तन ल्याउने व्यवहारमा लागू नगर्ने प्रवित्तिले मजदुर र उद्योगी व्यवसायी बलियो बन्न नसकेको उनको भनाई छ ।
‘व्यवस्थित नीति बनाउन नसक्दा पनि उद्योग धन्दा फस्टाउन नसकेको हो’, धमलाले भने– ‘बैंकबाट कर्जा लिएर, उद्योगमा लगानी गरेर, देशमै रोजगारी सिर्जना गराउने र नाफा कमाउने सपना व्यवसायीले बोकेको हुन्छ तर, बैंकहरुले बढाएको व्याजदरकै कारण अहिलेको अवस्थामा त्यो सम्भव छैन ।’ बैंकहरुले मुद्दतीको व्याजदर घटाएर कर्जाको व्याजदर नघटाए देशमा संचालित उद्योग कारखाना समेत बन्द हुने र देशमा चरम आर्थिक संकट आइपर्ने जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here