धादिङ । हाल जापानमा बसोबास गर्नु हुने कमल मोक्तानले गुम्बा निर्माणको लागि रु २० हजार नगद सहयोग प्रदान गर्नु भएको गुम्बाका लामाले होराईजन खबरलाई बताउनु भयो ।
२०६४ सालमा स्थापना भएको धादिङ जिल्ला नेत्रावती डबजोङ गाँउपालिका वडा नं ५ स्थित देउराली डाँडा हेल्थपोस्ट नजिकै रहेको श्री ज्याङ छ्युब छ्योइलिङ बौद्ध गुम्बाको केही भागहरुमा २०७२ सालको शक्तिशाली भुकम्पले क्षति पुग्न गई जोखिमयुक्त बनेको थियो ।
साथै हाल भुकम्प प्रतिरोधात्मक पक्कि गुम्बा निर्माण कार्य हुँदै गर्दा गुम्बा निर्माणमा आर्थिक अभावको अवस्था सिर्जना भएकोले निर्माण कार्य सहज होस भनि मोक्तानले सहयोग रकम प्रदान गर्नु भएको गुम्बाका लामाले बताउनु भयो ।