धादिङ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, धादिङसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ’लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ आज धादिङसहित देशभर पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
दिवसको अवसरमा धादिङको नीलकण्ठ नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । नगरपालिकाको आयोजनामा श्रममा महिला पुरुष बराबरी, समृद्ध नेपालमा हाम्रो हिस्सेदारी भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
पाँच जना सहभागि प्रतियोगितामा नीलकण्ठ–१२ की रीता खनाल प्रथम, सरिता तामाङ द्वितीय, नमिता अधिकारी तृतीय र सपना अर्याल शान्वतना हुनुभएको छ । प्रथम,द्धित्तिय, तृतिय र शान्तवना हुनेहरुलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । दिवसको अवसरमा जिल्लाका बिभिन्न स्थानिय तहमा बिबिध कार्यक्रम गरी मनाईएको छ ।






