सब डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी रुबीभ्याली ४ मा सम्पन्न

धादिङ । सब डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी मंगलबार रुविभ्याली गाउँ पालिका वडा नं ४ को बोराङमा सम्पन्न भएको छ ।

उक्त गोष्ठीमा १४ वटा सामुदायिक वन र ५ वटा कबुयति वन उपभोक्ता समुहको पदाअधिकारीहरु, रुविभ्याली ४ का वडा अध्यक्ष प्रशान्त तामाङ, रुविभ्याली सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राज कुमार ठाकुर र वन रक्षक सुजन अर्यालको उपस्थितिमा भएको थियो ।

कार्यक्रममा वर्तमान सामुदायिक वनहरुमा देखिएको समस्याहरुको बारेमा छलफल गरिएको थियो भने गोष्ठीको सहजीकरण रुविभ्याली सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राज कुमार ठाकुर र वन रक्षक सुजन अर्यालले गर्नु भएको कालो कुण्ड सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बम्पा तामाङ (बम सागरले) होराईजन खबरलाई बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here