खनियाबास गाउँपालिका स्तरीय तेस्रो अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

धादिङ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” “हरेक व्यक्ति फरक छन्, हरेकसँग प्रतिभा छन् ।” भन्ने नाराको साथ २०७८ माघ २५ र २६ गते भएको खनियाबास गाउँपालिका स्तरीय तेस्रो अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री बच्छलादेवी माध्यमिक विद्यालयमा स्थित खनियाबास ५ सत्यदेवी द्वारा आयोजित खेल समारोह बिहिवार सप्पन्न भएको छ ।

कार्यक्रमको सभाअध्यक्ष धिरज बस्नेत, खनियाबास गाउँपालिका अध्यक्ष रन बहादुर तामाङको प्रमुख आतिथ्यता, पालिका उपाध्यक्ष सेकेमान तामाङको विशिष्ट आतिथ्यता रहेको थियो त्यस्तै विशेष अतिथीमा रविन्द्र जङग तामाङ एबं अतिथिहरुमा रविन कुमार तामाङ, कमान सिङ् तामाङ, दुर्गा साही, राजु पाख्रीन, विभिन्न विद्यालय प्र.अ. तथा प्रतिनिधि, विभिन्न विध्यालयका शिक्षक विध्यार्थीहरुको उपस्थितिमा खनियाबास गाउपालिकाको तेस्रो राष्ट्रपती रनिङ शिल्ड कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here