एसियन हाइड्रोपावरको आईपीओ आज देखि बिक्री खुला

Businessman presses button ipo Initial Public Offering diagram online network

काठमाडौँ । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ आज (माघ २७ गते)देखि बिक्री खुल्ला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता सेयर सर्बसाधारणलाई छुटाईएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुटाईएको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।
अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यस आईपीओमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयसम्म आवेदन नपरेको खण्डमा लगानीकर्ताले फागुन १२ गतेसम्म आवेदन दिन पाउने छन्।
यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here