काठमाडौ । स्ववियु निर्वाचनका विषयमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूबीच झडप हुँदा घाइते भएकाहरूको पहिचान भएको छ।
निर्वाचनका विषयमा दुई समूहबीच भएको सामान्य विवादले उग्र रूप लिएपछि भएको खुकुरी प्रहारबाट अनेरास्ववियु आआर क्याम्पसका अध्यक्ष मदन भण्डारी र उपाध्यक्ष लोकेश खड्का घाइते भएका हुन्।
अनेरास्ववियुका एक विद्यार्थी नेताका अनुसार घाइतेको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्ण गिरी, जलप तामाङ, द्रुतराज लामा र सविन निरौला रहेका छन्।