विश्व सञ्जालको प्रथम संयोजकमा विष्णु सुवेदी

बिकाश रौनियार । नेपाली कांग्रेस पार्टी अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गतको विश्व सञ्जालको प्रथम संयोजकको जिम्मेवारी विष्णु सुवेदीले पाएका छन्। विश्व सञ्जालले सुवेदीलाई उक्त जिम्मेवारीमा नियुक्त गरेको हो।

विश्व सञ्जालका मध्यपूर्व संयोजक नानु काजी अर्यालले सुवेदीलाई प्रथम संयोजकमा नियुक्त गरिएको बताए ।

सुवेदीको नियुक्तिलाई नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय समन्वय र संगठनात्मक गतिविधिलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।