धादिङ । बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौं धादिङ महोत्सवस्थलमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनबहादुर घलेले समर्थनसहित हस्ताक्षर गर्नुभएको छ।
हस्ताक्षर कार्यक्रममा उम्मेदवार घलेसँगै नेकपा एमाले धादिङका कार्यबाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खाली, सचिव राधिका सापकोटा, उपसचिव भक्तबहादुर लामिछाने तथा नेता डा. रामकुमार अधिकारीलगायतका नेताहरूले पनि सहभागिता जनाउँदै हस्ताक्षर गर्नुभएको छ।
कार्यक्रममा सहभागी नेताहरूले बुढिगण्डकी आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई ढिलाइ नगरी अघि बढाउन सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन्।






