धादिङ । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल एकीकरणको ऐतिहासिक स्मरण गर्दै सञ्चालन गरिएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा गोरखा दरबारबाट पौष २१ गते सुरु भएको छ।

गोरखा, धादिङ र नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म पुग्ने पदयात्राको क्रममा आज धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित समारोहमा धादिङका सेनालाई टर्च र झन्डा हस्तान्तरण गरिएको छ।
कार्यक्रमले राष्ट्रिय एकता, इतिहासप्रतिको सम्मान र देशप्रेमको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।







