राष्ट्रिय प्रजातन्त्र पार्टी ज्वालामुखीको अधिवेशन सम्पन्न, २२ सदस्यीय कार्यसमिति गठन

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ज्वालामुखी गाउँपालिकाको अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट रामप्रसाद लामिछानेको नेतृत्वमा २२ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

अधिवेशनका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ (तामाङ) रहनुभएको थियो भने जिल्ला अध्यक्ष धुर्ब अधिकारीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

नवगठित कार्यसमितिमा अध्यक्षमा रामप्रसाद लामिछाने चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा टंक अधिकारी, सचिवमा रामप्रसाद दनै र कोषाध्यक्षमा पेम्बा लामा चयन हुनुभएको छ।

अधिवेशनमा वक्ताहरूले पार्टी संगठन सुदृढीकरण, स्थानीय तहमा संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए। सहभागीहरूले ज्वालामुखी गाउँपालिकामा राप्रपाको उपस्थितिलाई अझ बलियो बनाउँदै जनताको मुद्दामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।